LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपाला रुपन्देहीको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ ।
सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा गठन भएको २१ सदस्यीय समितिको उपाध्यक्षमा श्यामबहादुर थापा रहनुभएको छ । त्यसैगरी सचिवमा रामबहादुर कुँवर, कोषाध्यक्षमा हेमादेबी पौडेल र सहसचिवमा बालकृष्ण ज्ञवाली चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा चिन्तामणि भुसाल, शुकदेव अधिकारी, उमानन्द घिमिरे, रेशम खाँड, कमला बञ्जाडे, रुद्रप्रसाद शर्मा, कल्पना घिमिरे, सावित्रा भुसाल पाण्डे, थानप्रसाद भुसाल, ध्रुबकुमार घिमिरे, बिन्दु भण्डारी क्षेत्री, खगीमाया भुजेल र ताराकुमारी बिक रहनु भएको छ । समितिको लेखा संयोजकमा पुष्पराज शर्मा सिग्देल हुनुहुन्छ भने लेखा सदस्यमा देवराज पौडेल र लक्ष्मीप्रसाद सुवेदी रहनुभएको छ ।

बुधबार भएको सपथ तथा पद हस्तान्तरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सर्वसम्मत रुपमा निर्वाचित नयाँ नेतृत्वप्रति जनताले धेरै आशा राखेको बताउँदै सैनामैना नगरपालिकाको मेयर भैसक्नु भएका अध्यक्ष चित्रबहादुर कार्की र समितिका अरु सदस्यहरुप्रति पनि जनताले धेरै विश्वास गरेकोले यो समितिले राम्रो काम गर्ने विश्वास ब्यक्त गर्नुभयोे ।

 

त्यसैगरी सैनामैना नगरपालिकाका निबर्तमान प्रमुख तथा प्राकृतिक चिकित्सा केन्द्रका नवनिर्वाचित अध्यक्ष चित्रबहादुर कार्कीले आगामी दिनमा गर्ने कामहरुको बिषयमा चर्चा गर्दै प्राकृतिक चिकित्सा केन्द्रको गुरुयोजना अनुसारको निर्माणको काम पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अधुरा रहेका योजनाहरु सुरु गरि समयमै पूरा गर्ने बताउँदै त्यसपछि गुरुयोजना अनुसारको थप निर्माणको काम अघि बढाउने बताउनुभयो ।

निर्वाचन समितिका संयोजक मिनप्रसाद पौडेलको अध्यक्षतामा भएको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस सैनामैना नगर सभापति रणबहादुर खनाल, नेकपा एमालेको प्रदेश सदस्य नरबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्र सैनामैनाका इञ्चार्ज मानबहादुर महत, रास्वपाका सैनामैना नगर सभापति राजबहादुर क्षेत्री, प्राकृतिक चिकित्सा केन्द्रका निवर्तमान अध्यक्ष कमलराज घिमिरे तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तारा बेलबासे लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा निर्वाचन समिति संयोजक मिनप्रसाद पौडेलले नवनिर्वाचित अध्यक्ष चित्रबहादुर कार्कीलाई सपथ खुवाउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष चित्रबहादुर कार्कीले पदाधिकारी र सदस्यलाई सपथ गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय