LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका वडा नंं ९ मा रहेको जनचेतना माध्यमिक विद्यालयमा शिबलिला स्मृति अक्षयकोष स्थापना गरिएको छ । प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष शंकर पन्तले विद्यालयमा आफ्नो बुबा आमाको स्मृतिमा एकलाख ११ हजार एकसय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

अनाथ बालबालिका संरक्षण तथा संरक्षकत्व अभियान अन्तरगत बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच अक्षयकोष स्थापना तथा दाता सम्मान कार्यक्रमको अवसरमा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।

अक्षयकोषको संरक्षकमा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. नारायण प्रसाद पन्त र बिष्णुप्रसाद पन्त रहनुभएको छ ।
अक्षयकोष स्थापना तथा दाता सम्मान कार्यक्रममा बोल्दै अक्षयकोष दाता प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष शंकर पन्तले कुनै प्रसंगबस विद्यालयमा आउँदा विद्यालयको भौतिक संरचना देखेर चिन्ता लागेको बताउँदै सैनामैना जस्तो सम्भ्रान्त नगरपालिका त्यो पनि राजमार्गको किनारमै रहेको विद्यालयको भौतिक अवस्था देखेर केही गर्नुपर्छ भन्ने लागेर अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पनि अक्षयकोष स्थापनाले विद्यार्थीको पढाईमा सहयोग पुग्ने बताउनु भयो ।

सोही अवसरमा अक्षयकोषको संरक्षक बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. नारायण प्रसाद पन्तले विद्यालयको इन्टरनेट सुधारका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अक्षयकोष दाता शंकर पन्तले विद्यालयको कक्षा कोठा सुधारका लागि नगद ५० हजार समेत प्रदान गर्नुभएको थियो । विद्यालयका शिक्षक केशबराज अर्यालले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलराज बेलबासेले यस प्रकारका अक्षयकोष स्थापनाले गरिव तथा विपन्न बालबालिकाको पढाईमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल र महाधिवेशन प्रतिनिधि तारा बेलबासे, सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी र वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय