LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चन गाउँपालिकामा लैंगिक समानता सामाजिक तथा समावेशिकरणबारे कार्याबिधी बमोजिम योजना संचालन भएका छन वा छैनन भन्ने बिषयमा सरोकारवालाहरु बिच परिक्षण कार्य सम्पन्न भएको छ ।

१०० सुचकहरुमा गाउँपालिकाबाट आ.ब. २०८०÷०८१ मा भएका नीति तथा कार्यक्रम योजना र कानुनहरुको अवस्था र त्यस्को कार्यान्वयनको अबस्था सम्बन्धबारे परिक्षण गरिएको हो।

कञ्चन गाउँपालिकाका महिला जनप्रतिनीधि र कर्मचारी बिच भएको परिक्षणमा लक्षित समुदाय अन्तर्गत महिला, दलित, आदीवासी जनजाती, अशक्त, अपाङ्गता र जेष्ठ नागरिकहरुले प्रत्यक्ष लाभ लिन सक्नेगरी नीति योजना र बजेट ब्यबस्थापन तथा कार्यान्वय र त्यसको अनुगमन मुल्याङ्कन र प्रभावकारीता समामजिक परिक्षण गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले परिक्षणको क्रममा उठेका सवालहरुबारे आगामी आ.व. देखि नीतिगत रुपमा योजना बनाएर लक्षित समुदायले लाभ प्राप्त गर्नेगरी पालिकाको कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै उपाध्यक्ष थापा मगरले विगतका आ.व.हरुमा लक्षित समुदाय आधारित कार्यक्रम र योजना बनाएर संचालन गरेको भएपनि ती कार्यक्रमहरुको अनुगमन, मुल्याङ्कन तथा समिक्षात्मक प्रतिवेदन तयार गर्न नसक्दा परिक्षणका लागि सुचकले निर्धारण गरेको आवश्यक अंकभार ग्रहण नसकेको कुरालाई मध्यनजर गर्दै बिषयगत शाखाका कर्मचारी, जनप्रतिनीधिहरुले समेत आफुले गरेका कार्यहरुको प्रतिवेदन बनाएर आगामी बर्षका लागि योजना तर्जुमा गर्न गराउन सहज बनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय