LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको कञ्चन गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र सञ्चालित बजार तथा पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कञ्चनका प्राय पसलहरुमा म्याद सकिएका र विल विजक विनाका सामानहरु फेला परेका छन ।

बजार अनुगमन समितिका संयोजक तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको नेतृत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, प्रशासन शाखा प्रमुख गिरीराज अर्याल, सुरक्षाकर्मी र नगर प्रहरी सहितको संयुक्त अनुगमन टोलीले कञ्चनको गरगरे, बरपिपलचोक, थकालीचोक र हरैया बजारमा संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा फेला परेका म्याद गुज्रेका सामान, विल बिजक विनाका सामान, मापदण्ड विपरीतका ढक तराजु, अनुमती नलिई संचालन भएका बिभिन्न पसलहरुमा राखिएका सामानहरु समेत पालिकाले बरामद गरेको छ । यसैगरी अनुमती नलिई संचालन भएका व्यबसायिक फर्म तथा पसलहरुलाई १ हप्ताको समय दिई पालिका, आन्तरिक राजस्व कार्यालय र घरेलु तथा वाणिज्य कार्यालयमा समेत दर्ता गरी नियमानुसार पसल संचालन गर्न समेत सल्लाह दिइएको कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा ब्यबसाय संचालन गर्ने उद्देश्य र प्रकृति अर्कै छ तर पसलमा व्यवसाय दर्ता पत्रमा उल्लेख नभएका सामानहरु समेत बिक्री वितरण गरेको पाइएकोले उनिहरुलाई एक हप्ता भित्र आवस्यक कागजात पुरा गरेर संचालन गर्न निर्देशन दिइएको कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय