LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा सैनामैनाको मुर्गियामा दशैं सस्तो पसल संचालन गरिएको छ ।
दशैं सस्तो पसलको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्दै दशैं सस्तो पसलले उपभोक्तालाई बजारमा भन्दा सस्तोमा उपभोग्य सामाग्री उपलब्ध गराउन आग्रह गर्दै उपभोक्ताले पनि दशैं सस्तो पसलबाट आवश्यक सामाग्री खरिद गरि लाभ लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख तथा प्राकृतिक चिकित्सा केन्द्र चारपालाका अध्यक्ष चित्रबहादुर कार्कीले दशैं सस्तो पसलले महंगीले आक्रान्त भएका उपभोक्तालाई थोरै भएपनि राहत दिने बताउँदै यस प्रकारका सस्तो पसलले निरन्तरता पाउनु पर्ने बताउनुभयो । सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाको अध्यक्षतामा भएको दशैं सस्तो पसल शुभारम्भ कार्यक्रमको संचालन महासचिव लोकनाथ अधिकारीले गर्नुभएको थियो ।

सैनामैना नगरपालिका वडा नं. ४ पुराना वडा कार्यालय भवन अगाडी संचालन गरिएको दशैं सस्तो पसल तीन दिन संचालन हुनेछ । दशैं सस्तो पसलमा दैनिक उपभोग्य सामानहरु चिनी, नुन, चियापत्ती, खाने तेल, साबुन, सर्फ लगायत कपडा समेत बिक्रीमा राखिएको छ ।
संघले बिगतका बर्षहरुमा पनि दशैको अवसरमा उपभोक्तालाई केन्द्रित गरि सस्तो बजार संचालन गर्दै आएको छ ।
त्यस अवसरमा सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष झविन्द्र पोखरेल तथा संचारकर्मी टिका खरेल लगायतले बोल्दै दशैं सस्तो पसलले उपभोक्तालाई बजारमा भन्दा सस्तामो उपभोग्य सामाग्र्री उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय