LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा शुक्रबार बिजयादशमीको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान तथा सरसफाई सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान तथा सरसफाई सम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बदलिँदो बाताबरण र जीवनशैलीका कारण मानवको स्वास्थ्यमा समस्या देखापर्दै गएको बताउँदै सरसफाई जहाँ कमजोर हुन्छ त्यहाँ स्वास्थ्य पनि कमजोर हुने भएकोले अव सवैभन्दा पहिले सरसफाईमा ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा प्राकृतिक चिकित्सा केन्द्र चारपालाका अध्यक्ष चित्रबहादुर कार्कीले नगरका टोलविकास संस्थालाई बलियो बनाएर सरसफाईमा उनीहरुलाई जोडन सकियो भने सैनामैनाको सरसफाई अभियान सार्थक हुने बताउनु भयो । उहाँले टोल बिकास संस्थाहरुलाई कुनैपनि राजनैतिक दलको ट्याग लगाउनु हुँदैन भन्दै टोल विकास संस्थाहरुको नेतृत्व सर्वसम्मत बनाउनेतर्फ सवैको पहल गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाँले टोलस्तरीय सरसफाई सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दै खानेपानी संस्थाले टोल विकास संस्थालाई सरसफाईमा संलग्न गराउँदै सरसफाईमा धेरै सुधार आएको बताउनु भयो । उहाँले स्थानीय जनताको सरसफाई सम्वन्धि बानी र व्यवहारमा परिवर्तन आएको बताउँदै घर तथा सार्वजनिक स्थलबाट निस्कने फोहर बिसर्जनमा टोल विकास संस्थामार्फत स्थानीय जनताको बानी व्यवहारमा समेत धेरै सुधार आएको पाइएको बताउनुभयो ।
खानेपानी संस्थाका उपाध्यक्ष देवीदत्त सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव भीम खडकाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय