LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपलिकामा जारी पालिकाकै दोश्रो ठूलो पुरस्कार राशी भएको आठौं चाँदनी कप नकआउट फुटवल प्रतियोगिताको चौंथो दिन भएको खेलमा जापानी योङ्ग ब्वाइज कपिलबस्तु विजयी भएको छ ।

प्रतियोगिताको पहिलो चरण अन्तर्गत जापानी योङ्ग ब्वाइज कपिलवस्तु र स्कोलर्स होम बुटवल बिच भएको अन्तिम खेलमा जापानी योङ्ग ब्वाइज, कपिलबस्त क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।
जापानी योङ्ग ब्वाइज, कपिलबस्तले स्कोलर्स होमलाई ४–० गोल अन्तरले पराजित गर्न जापानी योङ्ग ब्वाइज कपिलबस्तका सन्जु सेनको ह्याट्रिक र भुपेन्द्र शाही ठकुरीले गरेको शुरुवाती गोल नै निर्णायक बनेको हो ।

चाँदनी युवा क्लव, कञ्चन १ दानापुर रुपन्देहीको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका १२ फुटवल टिमहरुले सहभागिता जनाएका छन । चाँदनी कपको आठौं संस्करणको रुपमा कञ्चन १ को दानापुर खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन । यस्तै उपविजेता टिमले ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउनेछन ।
नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा संचालित फुटबल प्रतियोगिता २४ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय