LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना दलित उत्थान समिति सैनामैना, रूपन्देहीको आयोजनामा सोमबार बडादशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना दलित उत्थान समितिका अध्यक्ष जयलाल बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज पूर्व अध्यक्ष गोविन्द खनालले दलित समुदायलाई कानुनमा अधिकार र न्याय दिएपनि त्यो ब्यवहारमा लागू नभएको बताउनु भयो ।

उहाँले दशैंको शुभकामना ब्यक्त गर्दै राजनितिक रूपमा भोट प्राप्त गर्न ठुला ठुला गफ गर्नेहरुले आफ््नो स्वार्थ पूरा भएपछि दलितका समस्या सम्वोधनमा चासो नदिएको टिप्पणी गर्नुभयो । उहाँले दलित समुदायले आफ्नो अधिकारका लागि गरिरहेको संघर्षबाट कदापि बिचलित हुन नहुने बताउनु भयो ।

सैनामैना दलित उत्थान समितिकी सचिव माया रसाईलीले संचालन गर्नुभएको कार्यक्रममा ईंगुरिया सामुदायिक वनका अध्यक्ष पुर्णबहादुर बिक, सुनचाँदी व्यवसायी संघ सैनामैनाका अध्यक्ष तिलकराज गहतराज, सैनामैना सिलाई कटाई तथा कपडा व्यवसायि संघका अध्यक्ष सन्तोष परियार, भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष निलबहादुर बिक लगायतले बोल्दै नेपालीहरुको महान चाड बडादशैै, दिपावली र छठ पर्वको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय