LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा रहेको मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलले इन्स्टिच्युटबाट पास भएर कोरिया जाने विद्यार्थीका लागि सोमबार शुभकामना तथा बिदाई कार्यक्रम गरेको छ ।

बुद्धनगरस्थित मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलको आफ्नै प्रांगणमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले कोरिया गएका युवाहरु पछि नेपाल नै फर्केर कोरियाबाट कमाएको पैसा र सिकेको सीप नेपालमै सदुपयोग गर्ने भएकोले कोरियाको अवसरले दिर्घकालीन रुपमा यो नेपाललाई फाईदा पुग्ने बताए ।

मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलका अध्यक्ष दिनेश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा दिप एजुकेशन हब प्रालि बुटवलका संचालक दिपक लम्साल, कोरियन इन्स्टिच्यूट बुटवलका संचालक शालिक अधिकारी र कोरियन इन्स्टिच्यूटका पूर्व प्रशिक्षक कौशलराज पोखरेल लगायतले कोरिया भाषा पढिरहेका विद्यार्थीहरुको उज्वल भविष्यको सफलताको कामना गर्दै दशैंको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलकी प्रवन्ध निर्देशक सरिता आचार्य ज्ञवाली र प्रशिक्षक राज पाण्डेले पनि बोल्नुभएको थियो भने कार्यक्रमको संचालक पत्रकार बिजय सुनारले गर्नुभएको थियो ।

मुगुङहवा कोरियन इन्स्टिच्युट एण्ड होस्टेलबाट पढेका १२० जना विद्यार्थीले कोरिया नाम निकाल्न सफल भएका छन। सोही अवसरमा सैनामैना सिङगिङ स्टार सिजन २ का बिजेताले सांगीतिक प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय