LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न सैनामैना, असोज २३ । नेपालीहरुको महानपर्व बडादशै, दिपावली तथा छठ पर्वको अवसरमा सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ ले बुधबार शुभकामना आदानप्रदान एवम् साँस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले पछिल्लोसमय विभिन्न जातजातिहरु संगठित र ऐक्यबद्ध हुँदै गर्दा दलितहरु समेत संगठित हुनुपर्ने बताउनु भयो । उहाँले सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ ले समाजको विकासमा राम्रो र उदाहरणीय काम गरेको बताउँदै बडादशैं, दिपावली र छठ पर्वको सवैमा शुभकामना दिनुभयो ।

कार्यक्रममा नवदुर्गा मन्दिर व्यवस्थापन समिति मुर्गियाका अध्यक्ष कृष्ण कडेल, सैनामैना नगरपालिका वडा नं। ४ का वडा सदस्य तेजेन्द्र सुवेदी, पर्रोहा सामुदायिक वन मुर्गियाकी कार्यालय सचिव जानकी शर्मा लगायत विभिन्न टोल विकास संस्थाका अध्यक्ष र पदाधिकारीहरुले बडादशै, दिपावली र छठको शुभकामना दिनुभएको थियो ।

उक्त अवसरमा दलित उत्थान समितिमा आबद्ध कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती दिएका थिए । सैनामैना दलित उत्थान वडा समिति सैनामैना ४ का अध्यक्ष सागर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सल्लाहकार राजु रणपालले गर्नुभएको थियो भने संचालन रिता रसाईलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय