LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिकाको मुर्गियामा कार्यालय रहेको चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
गत भदौ ३० गते अधिवेशन अन्तरगत निर्वाचनको तालिका तोकिएपनि अध्यक्षमा धेरै आकांक्षी भएपछि केही समयका लागि निर्वाचन स्थगित गरिएको थियो ।
यसैबीच सहकारीको संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति, निर्बाचन समिति तथा निर्वाचन समन्वय समितिको बिशेषपहल र सहयोगबाट नयाँ नेतृत्व सर्बसम्मत रुपमा चयन भएको छ ।
सावित्रा शर्माको अध्यक्षतामा निर्विरोध गठन भएको सहकारीको नयाँ समितिमा उपाध्यक्ष संगीता अधिकारी रहनु भएको छ ।
त्यसैगरी चिन्तामणि भुसाल सचिव, शुभासचन्द्र पौडेल सहसचिव र सिता कुँवर कोषाध्यक्षमा चयन हुनुभएको छ ।
सदस्यहरुमा बलराम भट्टराई, सिरश पोख्रेल, युबराज पाण्डे, मिना शर्मा चयन हुनुभएको छ ।
यसैगरी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हरिप्रसाद शर्मा र सदस्यहरुमा थानिश्वर न्यौपाने र शारदा रौतार चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय