LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको हो ।

पूर्णले छुरा प्रहार गरेर सहोदर भाइ २८ वर्षीय अनिल तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार असोज २९ गते बिहान ९ बजेतिर घरायासी विवादका क्रममा पूर्णले भाइ अनिलको पेटमा छुरा प्रहार गरेका थिए ।

घाइते अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पताल ल्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुरुमा सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आफैलाई चक्कु प्रहार गरेको भनिए पनि अनुसन्धानका क्रममा अनिलको मृत्यु दाजुको चक्कु प्रहारबाट भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक ठकुरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमा आफैले चक्कु प्रहार गरेर मृत्यु भएको भन्ने थियो, मृतकका बाबु सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गर्दा दाजु पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको तथ्य खुल्न आएको छ ।’

बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइ आफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए ।

चक्कु प्रहारबाट भुइमा लडेका अचेत अवस्थाका अनिललाई उपचारका लागि अस्पताल ल्याएको थियो । बाबुमाथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ ।

पूर्ण बुवाआमा र बहिनीसँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरी बस्दैआएका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका –६ नयाँ गाउँमा बस्ने अनिल दसैंको समयमा असोज २३ गते मात्र हापुरे आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय