LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको हो ।

पूर्णले छुरा प्रहार गरेर सहोदर भाइ २८ वर्षीय अनिल तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक ठकुरीका अनुसार असोज २९ गते बिहान ९ बजेतिर घरायासी विवादका क्रममा पूर्णले भाइ अनिलको पेटमा छुरा प्रहार गरेका थिए ।

घाइते अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याएको थियो । अस्पताल ल्याइएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुरुमा सम्पत्ति माग्दै बिबाद झिकेर आँफैले आफैलाई चक्कु प्रहार गरेको भनिए पनि अनुसन्धानका क्रममा अनिलको मृत्यु दाजुको चक्कु प्रहारबाट भएको खुल्न आएको प्रहरी नायव उपरीक्षक ठकुरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमा आफैले चक्कु प्रहार गरेर मृत्यु भएको भन्ने थियो, मृतकका बाबु सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गर्दा दाजु पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको तथ्य खुल्न आएको छ ।’

बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्णले भाइ अनिलको पेटमा चक्कु प्रहार गरेको र झगडा सुनेर भित्र प्रबेश गरेका बुवा सोमारलाई पूर्णले भाइ आफैले पेटमा चक्कु प्रहार गरेको बताएका थिए ।

चक्कु प्रहारबाट भुइमा लडेका अचेत अवस्थाका अनिललाई उपचारका लागि अस्पताल ल्याएको थियो । बाबुमाथि भाइले गरेको दुब्र्यबहारका कारण आवेग र उत्तेजनामा आइ दाजुले भाइमाथि चक्कु प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ ।

पूर्ण बुवाआमा र बहिनीसँगै हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरी बस्दैआएका थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका –६ नयाँ गाउँमा बस्ने अनिल दसैंको समयमा असोज २३ गते मात्र हापुरे आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय