LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज आज ९विहिबार० विहान त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। ‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

जहाजमा ३५ यात्रु सवार रहेको बताइएको छ । ‘आजको माउन्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौँ फर्किँदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो। माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौं फर्किने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो।’ ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्लाइट गराइने र फ्लाइटमा जान नचाहने यात्रुको पैसा फिर्ता गरिने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय