LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना – न्युजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत ४६ रनमै अलआउट भएको छ ।

बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली भारत दोस्रो दिनको खाना समयपछि ४६ रनमा अलआउट भएको हो । भारतका ऋषभ पन्तले सबैभन्दा धेरै २० रन बनाए । यस्तै विराट कोहली, शरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले १ रन पनि जोड्न सकेनन् । न्युजिल्यान्डका म्याट हेनरीले ५ र विलियम ओरोर्कीले ४ विकेट लिए ।

४६ रन भारतमा कुनै पनि टोलीले टेस्ट क्रिकेटमा बनाएको सबैभन्दा कम स्कोर हो । यस्तै ४६ रन टेस्टमा भारतको तेस्रो सबैभन्दा कम स्कोर हो ।

वर्षाका कारण हिजो पहिलो दिनको खेल टस पनि नभई रद्द भएको थियो । भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो खेल आउँदो अक्टोबर २४ देखि पुनेमा र तेस्रो तथा अन्तिम खेल नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय