LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौँ, कात्तिक ३ गते । नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८र८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन ।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ८८४ र असोजमा ५३ हजार ५२५ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको बेलामा बिदेसिन युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि मुलुक छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी छोडेर विदेश जान बाध्य हुन्छन् । विभागका अनुसार गत आवको साउन, भदौ र असोजमा एक लाख ६२ हजार ९०४ जना बिदेसिएकामा चालु आवको साउन, भदौ र असोजमा एक लाख ७० हजार ९८४ जना गए । यो सङ्ख्या गत वर्षको भन्दा आठ हजार ८० ले बढी हो ।

गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले स्वदेशमा रोजगारीको अवसर नभएपछि नजिक आएको चाडपर्व छोडेर विदेश जाने युवाको चाप नरोकिएको बताउनुभयो ।

वैदेशिक रोजगारीको इतिहासमै आर्थिक वर्ष २०७९र८० को भदौमा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय