LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

काठमाडौँ, कात्तिक ३ गते । नेपालीको महान् पर्व दसैँका अवसरमा पनि श्रम बेच्न बिदेसिने युवाको लर्को रोकिएन । चालु आर्थिक वर्ष २०८र८२ को साउन, भदौ र असोजमा बिदेसिनेको सङ्ख्या हेर्दा असोजमा थोरै घटे पनि दसैँले प्रभाव पारेको देखिएन ।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ८८४ र असोजमा ५३ हजार ५२५ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर चाडपर्व मनाउने बेलामा रोजगारीको खोजीमा दसैँको बेलामा बिदेसिन युवा बाध्य छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि मुलुक छोडेर युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी छोडेर विदेश जान बाध्य हुन्छन् । विभागका अनुसार गत आवको साउन, भदौ र असोजमा एक लाख ६२ हजार ९०४ जना बिदेसिएकामा चालु आवको साउन, भदौ र असोजमा एक लाख ७० हजार ९८४ जना गए । यो सङ्ख्या गत वर्षको भन्दा आठ हजार ८० ले बढी हो ।

गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले स्वदेशमा रोजगारीको अवसर नभएपछि नजिक आएको चाडपर्व छोडेर विदेश जाने युवाको चाप नरोकिएको बताउनुभयो ।

वैदेशिक रोजगारीको इतिहासमै आर्थिक वर्ष २०७९र८० को भदौमा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय