LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, कार्तिक ४ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाह विगत केही दिनयता स्थानीय रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा जनताका समस्या र पीरमर्का बुझ्दै भेटघाटमा व्यस्त हुनु भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपनि शाहले जनताप्रतिको आफ्नो दायित्व र कर्तब्यबोध बिर्सिनुभएको छैन । अहिले जनप्रतिनिधि नभएपनि जनताको समस्या बुझ्ने, समस्या परे समाधानका लागि पहल गर्ने र जनताको आवश्यकता अनुसार विकासका लागि माथिल्लो निकायसम्म पहल गर्ने कामलाई अहिलेपनि कुनैपनि कमी हुन दिनुभएको छैन ।

 


आईतबारमात्रै शाहले सैनामैनाको वडा नंं ११ सहित अरु विभिन्न वडामा पुगेर कांग्रेसका स्थानीय कार्यकर्तासंगमात्र होइन गाउँका जनतासंग साक्षात्कार गर्नुभयो । सो क्रममा उहाँले स्थानीय जनताको समस्या बुझने, समाधानका लागि पहल गर्ने र माथिल्लो निकायमा जानुपर्ने भए काठमाण्डौं पुगेर समाधानको पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 


शाहलाई रुपन्देहीको क्षेत्र नं. ५ मा विकासको पर्यायवाचीको नामले समेत चिनिन्छ । उहाँको पालामा भएको बिकास निर्माणको कामको अहिलेपनि प्रशंसा हुने गरेको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा अप्रत्यासित रुपमा पराजित भएपनि उहाँले विकासका कुरा लिएर गाउँघर गर्न छोडनुभएको छैन ।
स्थानीय रुपन्देही क्षेत्र नं. ५ का मतदाताले शाहको पालामा जस्तो विकास अरु कसैको पालामा हुन नसक्ने भन्दै शाहलाई फेरीपनि यो क्षेत्रको प्रतिनिधिको रुपमा देख्न चाहेको प्रतिकृया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय