LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

उर्लाबारी, कात्तिक ५ गते । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारुचौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

रमाइलो प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनकुमार प्रधान र कानेपोखरी गाउँपालिकाका नगर प्रहरीका इन्चार्ज युवराज भुजेलको संयुक्त टोली माछा बोकेर ल्याएका दुई वटा मोटरसाइकलसहित माछा नियन्त्रणमा लिएको हो ।नगर प्रहरी इन्चार्ज भुजेलका अनुसार मोटरसाइकलमा माछा बोकेर ल्याउने दुवै जना मोटरसाइकल छोडेर भागेका छन् ।

नेपालमा मुङ्ग्री माछा खान प्रतिबन्ध लगाइएको छ ।प्रतिबन्धित माछा अवैध रूपमा बोकेर ल्याएका बिआर ३८ ए ९९३४ नम्बरको भारतीय मोटरसाइकल र मे २ प ४९४२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वटा मोटरसाइकलमा ५० केजीका चार वटा भाडाका ल्याइएका माछा प्रहरी र नगर प्रहरीले कानेपोखरी गाउँपालिका पछाडि पुरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय