LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ । अपरान्ह १२ बजेदेखि पृथ्वीचोकमा भेला भएका रास्वपाका नेता भएका छन् ।

शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् ।

तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्‍यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।

अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।

 

सुवेदीका अनुसार पार्टी नेताहरु बुधबारसम्म पोखरामा रहने छन् । बुधबार अदालतको आदेशपछि मात्रै पार्टीले थप धारणा बनाउने उनले बताए । सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले विरोध पोखरा केन्द्रीत छ । त्यो बेलासम्म नेताहरु पोखरामा रहनुहुन्छ ।’

शुक्रबार प्रहरीले सभापति लामिछाने पक्राउ गरेपछि सिंगो पार्टी पोखरामा केन्द्रीत भएको छ । अधिकांश नेताहरु पोखरा पुगेका छन् । पूर्वघोषित कार्यक्रमहरु रोकिएको छ । १ कात्तिकबाट सुरु गरिएको जिल्ला भेलारसम्मेलन पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय