LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

नवलपुर, कात्तिक ६ । नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३(४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

उक्त गैँडा जङ्गलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको सङ्ख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन् । मगरका अनुसार तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा चार सय ५० बढी गैँडा रहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय