LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नवलपुर, कात्तिक ६ । नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३(४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

उक्त गैँडा जङ्गलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको सङ्ख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा रहेका छन् । मगरका अनुसार तीमध्ये नवलपुर क्षेत्र अर्थात् पश्चिम सेक्टरमा चार सय ५० बढी गैँडा रहेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय