पाल्पा । प्रचार प्रसार बाट ओझेलमा परेका आर्कषक तथा मनमोहक स्थानहरु लाई समेटेर पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ८ वटै वडाहरुका धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलहरुको सूची सार्वजनिक गरेको छ ।
अधिकाश मानिसहरु दशै तिहार जस्ता चाडपर्वमा गाउँघरमा आवत जावत बढ्ने, गाउँ ठाउँमा स्थान तथा धार्मिक पर्यटकीय ठाउँहरुमा रमाउने चलन बढ्दो रहेकोले आकर्षक गन्तव्यबहरुको प्रचार प्रसार गरी पर्यटकीय तथा धार्मिक गतिविधी बढाउन गाउँपालिकाले यो अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भटराईले बताए ।



पर्यटकहरु लाई फोटो तथा जानकारी मार्फत धार्मिक तथा पर्यटकीय स्थलहरुको जानकारी गराउने, घुम्न तथा अवलोकनको लागी उत्साहित बनाउने, ती स्थानहरुमा आवश्यक पुर्वाधार निर्माण गर्ने काममा गाउँपालिका लागेको रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले बताए ।
पहिलो चरणमा ८ वटै वडाका १२ स्थानका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको होडिङ बोर्ड बनाएर मुख्य मुख्य चोकहरु, बजार क्षेत्र र ८ वटै वडाका महत्वपुणर् स्थानमा राखी जानकारी दिने, प्रचार प्रसारमा सहयोग पुगेको लेखा अधिकृत लिलामणी बस्यालले बताए ।
होडिङ बोर्डमा वडा नं। १ सिद्धेश्वरको अमरपुरी धाम वडा नंं २ ,सोमादीको मच्छेन्द्रा देवी मन्दिर, वडा नंं ३ भुवनपोखरीमा रैनादेवी मन्दिर वडा नंं ४ ,छहराको तिलकथान पार्क वडा नं। ५ मुझुङको कालिका मन्दिर वडा नं। ६ जुठापौवामा रहेको घुर्चुले कालिका देवी मन्दिर ,यस्तै गाउँपालिकाले ७ नं वडा र ८ नं वडाको सिमानामा पर्ने कञ्चन खोलामा रहेको निमीचौर झरना र जलुके झरना लाई राखिएको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताए ।
रैनादेवी छहरा गाउँपालिकामा, हिमाल तथा तराईका फाटहरुको अवलोकन गर्ने थुप्रै पाकृतिक टावरको रुपमा डाडाँहरुले, मगर राजाको राजधानी बल्ढेङ्गगढी किल्ला रहेको, कला सस्कृतीको रुपमा मगर, नेवार, बाहुन क्षेत्रीहरुको आ आफ्नै कला सस्कृती रहेको, कृषि पर्यटन फैलिदै गएको विषयबस्तुहरु पनि आगामी दिनमा सार्वजनिक गरी प्रचार प्रसार गर्दै लैजाने गाउँपालिकाको निती रहेको जनाएको छ ।




