LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |
Window display of jewelry shop

काठमाण्डौ – सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६ सय रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियो ।

दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन एक हजार चार सयले बढेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा पाँच हजार चार सय रुपैयाँले बढेको छ ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय