LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।

गएको महिनामा श्रीलङ्का भ्रमणका क्रममा विलियमसन घाइते भएका थिए । बेङ्गलुरुमा भएको भारतसँगको पहिलो टेस्टमा उनको ठाउँमा विल योङ्ग टोलीमा परेका थिए । न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टिडले विलियमसनको अवस्थमा पूर्णरूपमा सुधार नभएको र तेस्रो टेस्टसम्म पूर्णरूपमा सुधार हुने विश्वास गरेको बताएका छन् ।

भारतसँगको तीन खेलको टेस्ट शृङ्खलामा न्युजिल्यान्ड १–० ले अघि छ । पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको थियो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पर्सिदेखि पुनेमा शुरू हुँदैछ । शृङ्खलाको तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ मा मुम्बईमा शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय