LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।

गएको महिनामा श्रीलङ्का भ्रमणका क्रममा विलियमसन घाइते भएका थिए । बेङ्गलुरुमा भएको भारतसँगको पहिलो टेस्टमा उनको ठाउँमा विल योङ्ग टोलीमा परेका थिए । न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टिडले विलियमसनको अवस्थमा पूर्णरूपमा सुधार नभएको र तेस्रो टेस्टसम्म पूर्णरूपमा सुधार हुने विश्वास गरेको बताएका छन् ।

भारतसँगको तीन खेलको टेस्ट शृङ्खलामा न्युजिल्यान्ड १–० ले अघि छ । पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको थियो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पर्सिदेखि पुनेमा शुरू हुँदैछ । शृङ्खलाको तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ मा मुम्बईमा शुरू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय