LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेकपा एमालेकी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अधिवेशन नेतृत्व चयन गर्ने थलोमात्रै नभै विगतमा भए गरेका कामको सफलता र असफलता समीक्षा गर्ने र त्यही अनुसार अघि बढ्ने महत्वपूर्ण थलो बन्नुपर्ने बताउनुभएको छ ।

सैनामैना नगरपालिका वडा नं. ८ मा अवस्थित सतचिन्तन प्रतिष्ठानमा बुधबार आयोजित नेकपा एमाले सैनामैना नगर कमिटिको दोश्रो अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै पार्टी केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले हामीले प्राप्त गर्न नसकेका असफलताका कारण के हुन भन्ने बिषयमा समेत गहन समीक्षा हुनु जरुरी छ भन्नुभयो ।

कार्यक्रममा शुभकामना दिदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यो व्यवस्थामाथि नै प्रहार भैरहेको बर्तमान अवस्थामा नेकपा एमाले पार्टीको अधिवेशन र संगठन विस्तार गर्ने क्रममा रहेको बताउँदै चलाइएका हल्ला चिर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले सवै पार्टी एउटै प्रकृतिको नरहेको बताउँदै नेकपा एमालेकै कारण यो व्यवस्थालाई यहाँसम्म ल्याउन सहयोग पुगेको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा यसका नेताहरुका विरुद्ध र सिंगो एमालेका विरुद्ध षडयन्त्र भैरहेको बताउनु भयो । उहाँले बर्तमान चुनौतिका बीचमा पार्टीलाई जोगाएर र पार्टीका नेता कार्यकर्ता समेत जोगिएर अगाडी बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।

त्यसैगरी अधिवेशनमा शुभकामना मन्तब्य राख्दै नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले अधिवेशन हुँदै गर्दा पार्टीको संगठनको बिषयमा गंभीर भएर समीक्षा गर्नुपर्ने बताउनु भयो ।

उहाँले विगतको कार्यकालमा हामीले के ग¥यौ, पार्टी कहाँ पुग्नुपर्ने थियो, हामीले कहाँ पु¥याऔं, पार्टी निर्माण गर्ने सन्दर्भमा हाम्रा राम्रा पक्षहरु के भए भन्ने बिषयमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले सैनामैना नगर कमिटीका इञ्चार्ज नारायण न्यौपानेको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, लुम्बिनी प्रदेश कमिटि उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, केन्द्रिय कमिटि सदस्य गोमादेवी आचार्य र नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन सैनामैना नगर कमिटीका उपसचिव लेखनाथ खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय