LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । दशैँ÷तिहारको अवसरमा चाडपर्व मनाउनका गाउँघर आएकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले यति बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

भीड बढेपछि व्यवस्थापन गर्न थप समस्या भएको सम्बन्धित निकायको भनाइ छ । प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै राति अबेर ९ बजेसम्म सेवा प्रवाह गर्दै आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ । प्रशासन कार्यालयले पछिल्लो दिनको टोकनसमेत अघिल्लो दिनमा नै वितरण गर्न थालेको छ ।

गाउँ–गाउँबाट गाडी भाडामा लिएर सेवा लिन आउने क्रम बढेपछि कार्यालयमा नागरिकता र राहदानी बनाउनका लागि दुई दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने काम हुँदै आएको जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक तीन सय ५० भन्दा बढी नागरिकता बनाउने र राहदानीको फाराम भर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय