LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्कोर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । उपचारका लागि बुटवल लगिएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । घाइतेमध्ये ३ जनाको चौराहा अस्पताल बुटवल र अटो चालकको स्थानीय बुद्धपोली क्लिनिकमा उपचार भइरहेको छ । एक जनाका अवस्था गम्भीर रहेको छ ।

लु १ ह ३०९२ नम्बरको अटोमा सवार ५ जना वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गरेका थिए । बा प्र–०१–०२९च९१५० को स्कोर्पियोले बैंक अगाडि ठक्कर दिएको थियो । बुद्धभूमि नगरपालिका १० जनकपुरका सरस्वती पासीको घटनास्थलमा मृत्यु भएको थियो । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर छन् ।

बुधवार शिवराज नगरपालिकाको भाइरल डाँडा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको थियो । दाङ जिल्ला राप्ती गाउँ पालिका ४ मौरिघाटका लीलाराम कुँवरको ज्यान गएको थियो । अर्घाखाँचीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नं।को बस र रा ७ प ३४८ नं। को मोटरसाइकल बुधवार एक आपसमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय