LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्कोर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । उपचारका लागि बुटवल लगिएका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो । घाइतेमध्ये ३ जनाको चौराहा अस्पताल बुटवल र अटो चालकको स्थानीय बुद्धपोली क्लिनिकमा उपचार भइरहेको छ । एक जनाका अवस्था गम्भीर रहेको छ ।

लु १ ह ३०९२ नम्बरको अटोमा सवार ५ जना वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गरेका थिए । बा प्र–०१–०२९च९१५० को स्कोर्पियोले बैंक अगाडि ठक्कर दिएको थियो । बुद्धभूमि नगरपालिका १० जनकपुरका सरस्वती पासीको घटनास्थलमा मृत्यु भएको थियो । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर अटो चालक लोकबहादुर कुँवर छन् ।

बुधवार शिवराज नगरपालिकाको भाइरल डाँडा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको थियो । दाङ जिल्ला राप्ती गाउँ पालिका ४ मौरिघाटका लीलाराम कुँवरको ज्यान गएको थियो । अर्घाखाँचीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको लु २ ख २१४२ नं।को बस र रा ७ प ३४८ नं। को मोटरसाइकल बुधवार एक आपसमा ठक्कर खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय