LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, कार्तिक ०८।

नेकपा एमाले सैनामैना नगरको दोस्रो अधिवेशन विहिवार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा चेतनारायण न्यौपाने  निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर क्षेत्री र उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चएन गरेको हो ।

अध्यक्ष पदका लागि नारायण न्यौपानेले १५५ मत, जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेकाछन् । उपाध्यक्ष कल्पना कुँवरले १३३, लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेकाछन् । त्यस्तै सचिव पदमा चाम बहादुर क्षेत्रीले १३७ मत र भिम खड्काले ८८ मत प्राप्त गरेकाछन् । त्यस्तै उपसचिव पदमा मन्जु ज्ञवालीले १५४ मत नारायण प्रसाद थापाले १४९ मत र कमला चौधरीले ९७ मत प्राप्त गरेकाछन् ।

निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाकी अन्य सदस्यको सहभागिता गराईएको छ । २५१ कुल मत मध्य २४० मत खसेको थियो । १ मत बदर भएको थियो । अधिवेशनको पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री पद्मा अर्यालले कार्तिक ७ गते  उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय