LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना, कार्तिक ०८।

नेकपा एमाले सैनामैना नगरको दोस्रो अधिवेशन विहिवार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा चेतनारायण न्यौपाने  निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर क्षेत्री र उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चएन गरेको हो ।

अध्यक्ष पदका लागि नारायण न्यौपानेले १५५ मत, जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेकाछन् । उपाध्यक्ष कल्पना कुँवरले १३३, लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेकाछन् । त्यस्तै सचिव पदमा चाम बहादुर क्षेत्रीले १३७ मत र भिम खड्काले ८८ मत प्राप्त गरेकाछन् । त्यस्तै उपसचिव पदमा मन्जु ज्ञवालीले १५४ मत नारायण प्रसाद थापाले १४९ मत र कमला चौधरीले ९७ मत प्राप्त गरेकाछन् ।

निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाकी अन्य सदस्यको सहभागिता गराईएको छ । २५१ कुल मत मध्य २४० मत खसेको थियो । १ मत बदर भएको थियो । अधिवेशनको पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री पद्मा अर्यालले कार्तिक ७ गते  उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय