रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १० र ११ का उपभोक्तालाई अनुदानमा इलेक्ट्रिक चुलो बितरण गरिएको छ ।
बन तथा बाताबरण संरक्षणका लागि विद्युतीय चुलो वितरणमार्फत एलपिजी ग्याँस आयात कम गरि राष्ट्रिय व्यापार घाटा कम गर्ने सरकारको लक्ष्य पूर्ति गर्ने उद्देश्यले विद्युतीय चुलो बितरण गरिएको हो ।
विद्युतीय चुलो बितरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले इलेक्ट्रिक चुलोको प्रयोगले नेपालको बिजुली नेपालमै खपत हुने र चुलो उत्पादक सिजी कम्पनी समेत नेपालकै भएकोले नेपालको पैसा बाहिर नजाने भएकोले इलेक्ट्रिक चुलो सवै हिसावले राम्रो रहेको बताउनु भयो । एलपीजी ग्याँस प्रयोग गर्दा नेपालको पैसा बाहिर जाने अवस्था रहेकोले अवउपभोक्तालाई यही चुलो प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।




विद्युतीय चुलोमा स्थानीय सामुदायिक वनहरुले उपभोक्तालाई प्रोत्साहन स्वरुप अनुदान दिएका छन । पहिलो खोला सामुदायिक वनकी अध्यक्ष लक्ष्मी रानाले आफ्ना ८६ जना उपभोक्तालाई इलेक्ट्रिक चुलो बितरण गरिएको बताउनु भयो । उहाँले सामुदायिक वनले समेत उपभोक्तालाई चुलो खरिदमा एकहजार ५० अनुदान दिएको बताउँदै एसएन कम्पनीले २१ सय ५० छुट गरि कूल ७२ सय पर्ने चुलो उपभोक्ताले चार हजारमा पाएको बताउनुभयो । सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने तथा इलेक्ट्रिक चुलोबाट खाना पकाउँदा सहुलियत समेत हुने भएकोले विद्युतीय चुलो बितरण गरेको उल्लेख गर्नुभयो ।

एसएनबी बेस संस्था दाङबाट संचालित विद्युतीय चुलो प्रवद्र्धन कार्यक्रमका बजार विकास अधिकृत खेमराज मरासिनीले जलबायु परिवर्तन र बन तथा बाताबरण संरक्षणका लागि इलेक्ट्रिक चुलो बितरण गरेर एलपीजी ग्यास आयातमा कम गरि राष्ट्रिय ब्यापार घाटा कम गर्न यो कार्यक्रमले टेवा पु¥याउने बताउनु भयो । उहाँले यो कार्यक्रम लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलबस्तु, रुपन्देही र नवलपरासी गरि पाँच जिल्लामा लागू गरेको बताउनु भयो । उहाँले यो बर्ष ५ जिल्लामा गरि ६ हजार चुलो बितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।




