वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तर क्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।




यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।




