LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तर क्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।

यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय