LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १०,
मकवानपुर – बाग्मती प्रदेशमा बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१र८२ को तीन महिनामा काठमाण्डौ उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । सबैभन्दा बढी क्षति अघिल्लो महिना असोज १०, ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी भएको छ ।

यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१र८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीले बगाएर ११ जना र डुबेर नौ जनाको ज्यान गएको हो ।

यस्तै यही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एकरएक जनाको ज्यान गएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ ।

त्यस्तै विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पन्छी र पाँच सय १६ चौपाया मरेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यही अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय