LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका ३ मा रहेको सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । ग्लोबल पार्टी प्यालेसमा भएको साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना नगरपालिकामा रहेको सहकारी संस्थाहरु अहिलेसम्म राम्रोसंग संचालनमा रहेको बताउनुभयो ।

उहाँले बाहिर प्रधान कार्यालय रहेका सहकारीहरु अहिले सैनामैनामा प्रवेश गरेको र ती सहकारीले गर्दा सहकारीको बाताबरण अलिकति खलबलिएको बताउदै ऋण नतिर्ने, भाखा नघाउनेहरुको संख्यामा पनि पछिल्लोसमय बृद्धि भएकोले सहकारीहरु चनाखो हुनुपर्ने बताउनुभयो । सप्तऋषि सहकारी सुशासन र पारदर्शीतामा धेरै अघि रहेको बताउँदै उहाँले सहकारीमा बचत गर्ने बचतकर्ताहरु पनि सवै सहकारी एउटै नहुने भएकोले सहकारीको अवस्था हरेर मात्र सहकारीबाट कारोबार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले छरिएर रहेको पुँजीलाई एकीकृत र व्यवस्थित गरि बचतकर्ताहरुको आर्थिक उन्नती र प्रगतिको लागि लगानी गर्ने गरिएको बताउनु भयो । उहाँले सहकारी स्थापना भएको १६ बर्षको अवधीमा सानो सानो बचत रकमले पनि ठूलो पुँजी निर्माण गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सहकारीका सल्लाहकार कृष्णबहादुर कुँवर, रामकृपाल चौधरी लगायतले बोल्नुभएको थियो ।

सप्तऋषि साकोसकी उपाध्यक्ष जमुना बञ्जाडेले स्वागत गर्नुभएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिपककुमार चालिसेले प्रस्त्ुत गर्नुभएको थियो । सो अवसरमा सहकारीमा बचत गर्ने सदस्यहरुलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरिएको थियो ।

जसमा बाल बचततर्फ आयुश्री श्रैष्ठ, बाल बचततर्फ झरना पौडेल, दैनिक बचततर्फ नन्दबहादुर मगर, ऐच्छिक बचततर्फ शैयद अली भाट, आवधीक बचततर्फ जीतबहादुर चौधरीलाई सम्मान गरिएको थियो । त्यसैगरी असल ऋणीको रुपमा तेजप्रसाद शर्मा लामिछानेलाई पनि सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाको अध्यक्षता, सहकारीका सचिव मित्रबहादुर एसीको संचालन, व्यवस्थापक कोषराज बस्नेतको सहजीकरणमा बार्षिक साधारण सभाको कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय