LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुुर्व गृहमन्त्री बालकृष्ण खाणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा बिकास र सम्बृद्धी सम्भव भएको धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेस सिद्धार्थनर समीतीले शनिवार भैरहवामा आयोजना गरेको कृयाशील भेला, सम्मान समारोह तथा दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले काग्रेसलाई बलियो बनाउने दायित्व पनि काङ्ग्रेसकै रहेको उल्लेख गर्नुभयो ।

‘बलियो काङ्ग्रेसलेमात्रै बिकास समृद्धि ल्याउछ, मुलुकमा स्थापित ब्यबस्थालाइ बलियो र सफल बनाउन पनि कांग्रेस बलियो हुनुपर्छ, खाँणले भन्नुभयो –‘राजनितिक स्थायित्वको लागी पनि काङ्ग्रेस बलियो हुनुपर्र्छ ।’

कार्यक्रममा सविंधान सभा सदस्य एवं सिद्धार्थनगर नरगरपालीकाका मेयर ईस्तियाक अहमद खाँले खाँण बिकासप्रेमी नेता भएको र उहाँको पराजयले ठूलो नोक्सानी भएको उल्लेख गर्दै सबै जातजाती, धर्म, समुदायको भावना बुझ्ने नेता खाण रहेको बताउनुभयो ।

उहाँले नागरीकको चाहाना बमोजिम नगरको बिकास भैरहेको चर्चा गर्दै केही समयमै महत्वपुर्ण कामको परिणाम देखिने बताउनुभयो ।
कार्यक्रममा नगर समितिका संस्थापक तथा पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो । संस्थापक सभापति बलराम गौतम, सचिव दिर्घराज काफ्ले, पुर्व नगर सभापती दिपक क्षेत्री न्यौपाने, सुरेन्द्रजंग थापा, दिलिप धिताल, परिवर्तनका आन्दोलनमा अग्रपंितमा रहेका दिपेन्द्रमान श्रेष्ठ र कलमको माध्यमबाट परिवर्तनलाई अगाडी बढाएको भन्दै अग्रज पत्रकार दिलिप भट्टराई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय