LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

‘मिसेस नेपाल वर्ल्ड २०२४’ को उपाधि डेनिला कार्कीले जितेकी छिन्। शनिबार राति भएको ग्रान्ड फिनालेमा कार्कीले ताज पहिरिएकी हुन्।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री बसुन्धरा भुषालले विजेता कार्कीलाई पुरस्कार प्रदान गरेका थिए। उनले अमेरिकामा हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।

त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत घोषित हुँदा एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितिन्। दुईले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन्।

फस्टरनरअप एलिन घिमिरे हुँदा किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भइन्।

त्यसैगरी, अछामकी नानु सिंह भ्युर्स च्वाइस अवार्ड जित्न सफल भइन्। उनी चर्चित टिकटकर आयुश सिंह ठकुरीकी आमा हुन्। रिबन इन्टरटेनमेन्टले यस प्रतियोगिताको आयोजना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय