LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिबेशनको उदघाटन गर्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहकारीले सेयर सदस्य र बचत बढाउँदैमा सफल मान्न नसकिने बताउँदै सहकारी आत्मनिर्भर हुन सक्नुपर्ने बताउनु भयो । उहाँले सहकारीबाट ऋण लैजाने सेयर सदस्यहरुले सहकारीको ऋण तिर्ने दायित्व कसरी सिर्जना गर्ने भन्ने पनि सोच्नुपर्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको साधारण सभा तथा उदघाटन समारोहमा रामापुर रिभाइभल इङलिश बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्मा, सहकारी संघ जिल्ला सदस्य मिना कार्की, पश्चिम पर्रोहा नमूना माध्यमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरी, भीमकान्त न्यौपाने, दिनेश घिमिरे, गोमादेवी पौडेल लगायतले बोल्नुभएको थियो ।

यसैगरी सहकारीको चौथो अधिवेशनले पुनः गोपाल भण्डारी अध्यक्ष रहेको ९ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा माया पन्थी ज्ञवाली, सचिवमा चन्द्रमणी ज्ञवाली र कोषाध्यक्षमा मुक्तबहादुर थापा रहनु भएको छ । त्यसैगरी सदस्यमा डम्मरबहादुर चालिसे, सिता पौडेल, कमला न्यौपाने, लक्ष्मी भण्डारी कडेल र नारायण पन्त रहनुभएको छ ।
सहकारीको लेखा समितिको संयोजकमा ठाकुरप्रसाद ज्ञवाली, केशबराज अर्याल र सिता पाण्डे रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय