LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १३,
काठमाण्डौ – काठमाण्डौको बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का एक सांसदसहित १७ जना पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउ गर्दै आएको रास्वपाले आज काठमाण्डौमा र्‍यालीसहित प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारतर्फ गइरहेको रास्वपाको र्‍यालीलाई नेपाल प्रहरीले नेपाल हाउसअघि तितरबितर पारेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका सांसद अशोककुमार चौधरी, काठमाण्डौ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य निकालेर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको भन्दै सरकारको भर्त्सना गर्नुभएको छ । प्रदर्शनपछि सभामा सुमना श्रेष्ठ, सन्तोष परियार, डीपी अर्याल, स्वर्णिम वाग्लेलगायतले सम्बोधन गर्ने तालिका रहेको थियो ।

पक्राउ परेका लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय