LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

न्यूबुद्ध स्टार युवा क्लवको आयोजना र साझा हस्पिटल बुटवलको सहकार्यमा सैनामैना नगरपालिका वडा नं. ५ को बुद्धनगरमा एकदिने स्वास्थ्य शिविर संचालन भएको छ । न्यूबुद्ध स्टार युवा क्लवको भवनमा आयोजित स्वास्थ्य शिविरको दिन स्वास्थ्य शिविरको सहकार्य गर्ने साझा हस्पिटल प्रालिका अध्यक्ष गोविन्द खनालको जन्मदिनको संयोग समेत परेको हो ।

आफ्नो जन्म दिनको संयोग र स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै साझा हस्पिटल प्रालिका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनालले सामाजिक सेवा, मानव अधिकार तथा मानवताको सेवाको क्षेत्रमा केही योगदान गर्ने इच्छाले प्रेरित भएर यस प्रकारको स्वास्थ्य शिबिर लगायतका कार्यक्रम विगतदेखि नै गर्दै आएको बताउनुभयो ।

उहाँले यस प्रकारका कार्यक्रमले समाजलाई पनि प्रेरणा मिल्ने बताउँदै भावी पुस्ताले पनि यस्ता पुनित कार्यक्रमबाट प्रेरणा लिन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

न्यूबुद्ध स्टार युवा क्लवका अध्यक्ष दिपक चौधरीको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको शुभारम्भका अवसरमा सैनामैना नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, बुद्धनगर खानेपानीका अध्यक्ष रामप्रसाद भुसाल, भीम सुवेदी, राजु घिमिरेले शिविर आयोजनाले यस क्षेत्रका स्थानीयले सेवा लिन पाएको बताउनुभएको थियो ।
कार्यक्रमको संयोजन नारायण खरेलले गर्नुभएको थियो भने संचालन केशब बिश्वकर्माले गर्नुभएको थियो । त्यस अवसरमा तीनसय जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय