LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका १ तीनकुने परमेश्वर टोलकी पेमा खनाल पोखरेलले विगत ६ बर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । अन्य खेतीभन्दा फूलखेतीमा राम्रो आम्दानी हुने भएकोले अरु दिदी बहिनीहरुलाई त्यत्तिकै खाली बस्नुभन्दा फूल खेती गरेर आम्दानीमा जोडिन आग्रह गर्नुभएको छ ।
कोरोना कालकै बेलामा सुरुमा दुईकटठामा फूल फूल खेती गर्नुभएकी पेमाले बीचमा फूलखेती बढाउनु भएको थियो तर बीचमा कोरोना लगायत समस्याका कारण फूल विक्री हुन छोडेपछि अहिले दुई कटठामै फूल खेती गरिरहेको बताउनु भयो ।

पेमा खनाल पोखरेललाई सैनामैना नगरपालिका कृषि शाखाले पनि फूल खेती गर्न सहयोग र प्रोत्साहन गरेको छ । दुई कटठामै फूल खेती गर्दापनि उहाँले ८० हजारसम्म आम्दानी गर्न सफल हुनुभएको बताउनुभयो । उहाँले भारतबाट आउने प्लाष्टिकका माला प्रयोग नगरेर नेपालकै महिला दिदी बहिनीहरुले उत्पादन गर्ने फूलका माला प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

फूल खेतीलाई सरकार तथा स्थानीय पालिकाले प्रोत्साहन गर्ने
हो भने फूल खेतीमा अझै महिला दिदी बहिनीहरु जोडिने र आय आर्जनमा सहयोग पुग्ने उहाँको भनाई छ । नेपाली माला प्रयोग गरेर नेपालको पैसा विदेश जान रोक्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय