LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १५,
काठमाण्डौ – तिहारको किनमेलका कारण काठमाण्डौ उपत्यकाका बजारमा उपभोक्ताको भीड लागेको छ । आज विशेषगरी फूलमाला, पूजाका सामग्री र उपहारको किनमेल भइरहेको छ । अहिले काठमाण्डौका बजार र चोक सयपत्री र मखमली मालाले सुसज्जित भएको छ । लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् ।

काठमाण्डौ उपत्यका नजिकका जिल्लामा उत्पादित फूल किसान आफैंले काठमाण्डौको बजारमा ल्याएका फ्लोरिकल्चर एसोसिएन नेपाल ९फ्यान० ले जनाएको छ । फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार देश भारतबाट आयात हुने मालाको प्रतिबन्ध लगाएकाले यसपालि स्वदेशी फूलले उचित मूल्य पाउने उहाँले जानकारी दिनुभयो । यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको उहाँको भनाइ छ ।

बजारमा सयपत्री माला एक सयदेखि एक सय ५० र मखमली मालाको मूल्य ५० देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ । यसपालि तिहारमा सयपत्री माला ४० लाख वटा, चार लाख ७५ हजार वटा मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ ।

काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट काठमाण्डौ उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । यसैबीच काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीरवितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीरवितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्रीरवितरण नगर्न महानगरले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय