LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १५,
काठमाण्डौ – तिहारको किनमेलका कारण काठमाण्डौ उपत्यकाका बजारमा उपभोक्ताको भीड लागेको छ । आज विशेषगरी फूलमाला, पूजाका सामग्री र उपहारको किनमेल भइरहेको छ । अहिले काठमाण्डौका बजार र चोक सयपत्री र मखमली मालाले सुसज्जित भएको छ । लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् ।

काठमाण्डौ उपत्यका नजिकका जिल्लामा उत्पादित फूल किसान आफैंले काठमाण्डौको बजारमा ल्याएका फ्लोरिकल्चर एसोसिएन नेपाल ९फ्यान० ले जनाएको छ । फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार देश भारतबाट आयात हुने मालाको प्रतिबन्ध लगाएकाले यसपालि स्वदेशी फूलले उचित मूल्य पाउने उहाँले जानकारी दिनुभयो । यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको उहाँको भनाइ छ ।

बजारमा सयपत्री माला एक सयदेखि एक सय ५० र मखमली मालाको मूल्य ५० देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ । यसपालि तिहारमा सयपत्री माला ४० लाख वटा, चार लाख ७५ हजार वटा मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ ।

काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट काठमाण्डौ उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । यसैबीच काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीरवितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीरवितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्रीरवितरण नगर्न महानगरले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय