LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना,रुपन्देही १४

सैनामैना नगरपालिका वडा नम्बर १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा नेपालीहरुको दोस्रो महान चार्ड शुभ दिपावलिको अवसरमा तिहार विशेष कार्यक्रम हिजो मिति २०८१/०७/१४ गतेका दिन सम्पन्न भएको छ। तिहार विशेष कार्यक्रममा विद्यार्थीविच अन्तरसदनात्मक रङ्गोली बनाउने प्रतियोगिता र परम्परागत शैलिको देउसी भैलो  गाउने प्रतियोगिता आयोजना गरिएको थियो। साथै देउसिभैलोमा नाचिने परम्परागत  मारुनी नाच, सोरठी नाच लागायतका नाचहरु पनि प्रदर्शन गरिएको थियो। विद्यालयका प्रीन्सिपल सौगात भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्त बहादुर पुनको प्रमुख आतिथ्यता र सदस्यद्वय बिमला थापा र तिलक थापाको आतिथ्यता रहेको थियो। तिहार पर्वको महत्वको बारेमा बुझाउदै  विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक रुपमा आयोजना गरिएको कार्यक्रममा रङोली बनाउने प्रतियोगिता र देउसी भैलो प्रतियोगिता दुबैतर्फ  प्रथम Yellow House दोस्रो  Green House तेस्रो Red House र सान्त्वना Blue House भएका थिए। कार्यक्रमको अन्त्यतिर बोल्दै विद्यालयका प्रीन्सिपल सौगात भट्टराईले तिहार पर्वको शुभकामना दिदै तिहार पर्वको महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभयो।  देउसी भैलो लगायत बिभिन्न रिति रिवाज , परम्परा तथा  कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका लागि स -साना बालबालिकाहरुलाई   मनोरन्जनको माध्यमबाट पर्वहरुको महत्वबोध गराउन बिद्यालयले  यस्ता खालका सान्स्कृतिक कार्यक्रम हरेक पर्वहरुमा  आयोजना गर्ने गरेको कुरा बताउनुभयो। विद्यालय शिक्षकद्वय भरत परियार , झरना सारु र नर्मदा पोख्रेलको संयुक्त संयोजनमा आयोजित कार्यक्रम विद्यालयका शिक्षक प्रकाश पन्थको सन्चालनमा सम्पन्न भएको थियो भने स्वागत मन्त्ब्य शिक्षिका नर्मदा पोख्रेलले राख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय