LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलबस्तु, कात्तिक १५ गते ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिइएको छ । अनुगमनका क्रममा कैफियत देखिएका दुई बेकरी उद्योगलाई ७५ हजार रुपियाँ जरिवाना गरेको हो ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेका अनुसार चाडपर्व सुरु भएसँगै व्यापारीले म्याद गुज्रेका वस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्नेजस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनुभयो ।

उहाँले विगत एक महिनादेखि चाडवाडसँगै बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो । खुला रुपमा मिठाई विक्री गरिरहेको मिठाई जफत गरी नष्ट गरिएको सहायक प्रजिअ घिमिरेको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका सरोज खनालका अनुसार अनुगमनको क्रममा बजारमा अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाइ नभएको भेटिएको बताउनुभयो । अखाद्य तेल, चास्नी, मिठाई र लेबल नलगाएको वस्तु जफत गरी नष्ट गरिएको उहाँको भनाइ छ ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालका प्रमुख सन्तोष खनालका अनुसार मूल्यसूची नभएकालाई मूल्यसूची राख्न र व्यवसाय विना दर्ता सञ्चालन गर्नेलाई दर्ता गर्न निर्देशन दिएको बताउनुभयो ।

यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय