LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

खोटाङ, कात्तिक १५ गते । खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुर्याइदिने युवाहरुको अभियान छ ।

गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समूहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकालाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताउनुभयो । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जनाले सेवा पाएका थिए ।

“दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवा जेडिएका छन् । अझै जोडिने क्रम जारी रहेको संयोजक राईले बताउनुभयो । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीलाई निःशुल्क मोटरसाइकलमा पुर्याइदिने उहाँको भनाइ छ ।

माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइतीघर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताउनुभयो । खोटाङका विभिन्न ठाउँमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशुल्क सेवा दिने जनाएको छ ।

कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुर्याउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताउनुभयो । सरकारी सेवा सुविधा लिइरहेकालाई भने सेवा उपलब्ध हुनेछैन ।

यस अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दिक्तेल रत्नपार्कस्थित शुभम् क्याफेले निःशुल्क खाना खुवाउने क्याफेका सञ्चालक सूर्य राईले बताउनुभयो । यस्तै, खोटाङ महिला उद्यमी सङ्घ, व्यवसायी आशिष थापा लगायत अन्य सङ्घ संस्था र ब्यक्तिहरुले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय