LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |
मुगु जिल्लामा पहिलोचोटि फुजी स्याउ उत्पादन मुगु १६ भदौः मुगु जिल्लामा पहिलोचोटि फुजी स्याउ उत्पादन हुन थालेपछि फुजी स्याउ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुले पहिलोचोटि मुगु जिल्लामा फुजी स्याउ खेती गर्न सिकाएपछि कम समयमा धेरै उत्पादन हुने भएपछि कृषक फुजी स्याउतर्फ आकर्षित हुँदै गएका छन् । तस्बिरः नृपेन्द्रबहादुर मल्ल÷रासस

कात्तिक १६,

जुम्ला – जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन अर्थात् ९४६ क्विन्टल० स्याउ उत्पादन भएको हो ।

जुम्लाका आठवटै पालिकामा उत्पादन भएको स्याउ बिक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जीप र जहाजबाटसमेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो ।

जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले यसवर्ष प्रतिकिलो सरदर ६० रुपैयाँमा स्याउ बेचेको कार्यालयका प्रमुख देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय