LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १६,

महोत्तरी – तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपाली ग्राहकले एक सय भारुको लागि एक सय ६६ रुपैयाँ तिर्दै आएका छन् । भारतीय एक सयको एक सय ६० रुपैयाँमा कारोबार हुने गर्छ । तर नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नभएको अवस्थामा भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा ९कमिशन० तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो ।

महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा यतिबेला नेपाली ग्राहक किनमेल गर्न पुग्ने गर्छन् । चाडबाडको किनमेल गर्न पुग्ने नेपालीलाइ भारतीय व्यापारीले कमिशन लिएर सामग्री दिने गरेको जलेश्वर नगरपालिका–८ का ग्राहक राजु मण्डलले गुनासो गर्नुभयो । उहाँले भारतीय बजारमा नेपाली पैसालाई भारतीय पैसासँग साट्दा भारु एक सयको बदलामा नेपाली एक सय ६६ र बढीमा एक सय ६८ सम्म बट्टा लिने गरेको बताउनुभयो ।

त्यसैगरी मधवापुर बजारमा गएका जलेश्वर–२ का सुरेश साहले पनि त्यत्तिमै कारोबार गरेको बताउनुभयो । यो बोहक महोत्तरीको प्रत्येक भारतीय सीमानाकामा झोले सटही सञ्चालन गर्ने दर्जनौँ युवाले नेपालीसँग एक सय भारुको नेपाली एक सय ६६ रुपैयाँ लिने गरेका छन् ।

सुन तस्करी र हुण्डी कारोबारका कारण अहिले सीमाक्षेत्रका भारतीय बजारमा भारतीय रुपैयाँ नै गायब भएको र नेपाली रुपैयाँमा कारोबार भइरहेका कारण नेपाली ग्राहकले एक हजार बराबर नेपाली एक हजार छ सय रुपैयाँ दिए मात्र पाउने गरेका छन् । साथै कुनै ठाउँमा आठ रुपैयाँसम्म पनि बट्टा ९कमिशन० लिने गरेको एक ठूला व्यापारीले बताएका छन् । नेपाली बजारमा मालवस्तु महँगो पर्ने र भारतीय बजारमा केही सस्तो भएको हुँदा बट्टा तिरेर पनि भारतीय बजारमा किनमेल हुने गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय