LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १६,
काठमाण्डौ – यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाण्डौको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् ।

भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका व्यापारी सजीव बज्राचार्यले यही असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्न गएको बताउनु भयो ।

मूल्य बढेकाले यसपटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । ग्राहकहरुले पनि यसवर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् ।

बजारमा यस वर्ष काजु प्रतिकिलो २ हजार दुई सय रुपैयाँ, बदाम एक हजार सात सय, किसमिस ६ सय, ओखर ५ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै अनजिर २ हजार दुई सय, नरिवल ५ सय ५०, दाना मिश्री एक सय ८०, धागो मिश्री दुई सय, मखना २ हजार, दालचिनी आठ सय रुपैयाँ रहेको छ । यी सबै सामानको भाउ गएको वर्षभन्दा २५ देखी ३० प्रतिशत बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय