LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सवारी दुर्घटनामा परी गम्भिर घाइते भइ उपचार गराईरहेका सैनामैनाका सागर कुँवरलाई सैनामैना सेवा समाज युएइले आर्थिक सहयोग गरेको छ ।

सैनामैना ११ ठुलाचौरका १९ बर्षिय कुँवर गत कार्तिक ६ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । घाइते कुंबरको भैरहवास्थित मेडिकल कलेजको सघनकक्षमा उपचार भइरहेको छ ।

टाउको र घाँटीमा गम्भीर चोट लागि उपचार गराइरहेका सागरको उपचारमा आर्थिक समस्या आएपछि बुवा केशव कुँवरले छोरा बचाइदिन आर्थिक सहयोगका लागि याचना गरेकाले सैनामैना सेवा समाज युएईले केही राहात होस् भनी सहयोग गरेको हो ।

सैनामैना सेवा समाजका उपाध्यक्ष महेश्वर घिमिरेको नेतृत्वमा अस्पतालमै पुगी उनका परिवारलाइ नगद १० हजार सहयोग गरिएको हो । संस्थाका महिला सचिब सुस्मा सुनार, सहकोषाध्यक्ष रमेश खड्का, सैनामैना वडा नं. ९ का पुर्ब वडाअध्यक्ष सामजिक अभियान्ता डोलराज भण्डारी, महेश अधिकारी, नारायण सुवेदी लगायतको टोली अस्पतालमै पुगेर कुँवरलाई सहयोग प्रदान गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै उपचाररत सागरका बुवा शिव कुंबरले छोराको उपचारमा सहयोग गरेकोमा सैनामैना सेवा समाजलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो पारिवारिक अबस्था नाजुक भएकाले यस्ता सहयोगले आफ्नो छोरा बजाउन सघाउ पुगेको बताउनुभयो । शिव कुवरले छोरा सागरलाई बचाइदिन अनुरोध गर्दै सबैलाई सहयोगका लागि अनुरोध समेत गर्नुभएको छ ।

सैनामैना सेवा समाज युएईले बुधबार नै सैनामैना ११ निवासी अशक्त बृद्धलाई समेत सहयोग गरेको थियो । समाजले छिट्टै सैनामैनाका ३ बिद्यालयमा अक्षयकोष समेत स्थापना गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय