LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सवारी दुर्घटनामा परी गम्भिर घाइते भइ उपचार गराईरहेका सैनामैनाका सागर कुँवरलाई सैनामैना सेवा समाज युएइले आर्थिक सहयोग गरेको छ ।

सैनामैना ११ ठुलाचौरका १९ बर्षिय कुँवर गत कार्तिक ६ गते मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । घाइते कुंबरको भैरहवास्थित मेडिकल कलेजको सघनकक्षमा उपचार भइरहेको छ ।

टाउको र घाँटीमा गम्भीर चोट लागि उपचार गराइरहेका सागरको उपचारमा आर्थिक समस्या आएपछि बुवा केशव कुँवरले छोरा बचाइदिन आर्थिक सहयोगका लागि याचना गरेकाले सैनामैना सेवा समाज युएईले केही राहात होस् भनी सहयोग गरेको हो ।

सैनामैना सेवा समाजका उपाध्यक्ष महेश्वर घिमिरेको नेतृत्वमा अस्पतालमै पुगी उनका परिवारलाइ नगद १० हजार सहयोग गरिएको हो । संस्थाका महिला सचिब सुस्मा सुनार, सहकोषाध्यक्ष रमेश खड्का, सैनामैना वडा नं. ९ का पुर्ब वडाअध्यक्ष सामजिक अभियान्ता डोलराज भण्डारी, महेश अधिकारी, नारायण सुवेदी लगायतको टोली अस्पतालमै पुगेर कुँवरलाई सहयोग प्रदान गरिएको हो ।

सहयोग रकम ग्रहण गर्दै उपचाररत सागरका बुवा शिव कुंबरले छोराको उपचारमा सहयोग गरेकोमा सैनामैना सेवा समाजलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो पारिवारिक अबस्था नाजुक भएकाले यस्ता सहयोगले आफ्नो छोरा बजाउन सघाउ पुगेको बताउनुभयो । शिव कुवरले छोरा सागरलाई बचाइदिन अनुरोध गर्दै सबैलाई सहयोगका लागि अनुरोध समेत गर्नुभएको छ ।

सैनामैना सेवा समाज युएईले बुधबार नै सैनामैना ११ निवासी अशक्त बृद्धलाई समेत सहयोग गरेको थियो । समाजले छिट्टै सैनामैनाका ३ बिद्यालयमा अक्षयकोष समेत स्थापना गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय