तिहारमा देउसीभैलो खेल्ने परम्परा नेपालको बर्षौदेखिको संस्कृति हो । किम्बदन्ती अनुसार बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन नेपाली समाजमा कायमै छ ।
यसैबीच रुपन्देहीको सैनामैनामा गठित राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ का युवाहरुले देउसी भैलो कार्यक्रमको सुरुवात गरेका छन् ।
भाषा, धर्म, कला र सांस्कृतिक परम्परा संरक्षण हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।



देउसी भैलो कार्यक्रममा हराइरहेका मौलिक गित तथा नाचहरु सोरठी, पुराना देउसी भैलोका गितहरु नाचहरु प्रस्तुत गरिएको छ ।
साथै देउसी भैलो कार्यक्रमबाट उठेको रकम विभिन्न सामाजिक कार्य एवं रचनात्मक कार्यक्रममा खर्चिने क्लबले जनाएको छ ।
यहिं कार्तिक १५ गते अर्थात् बिहीबारदेखि सुरु भएको देउसी भैलो कार्यक्रमको सञ्चालन क्लबका सदस्य विष्णु ढकालले गर्नुभएको छ भने अध्यक्षता क्लवका अध्यक्ष अरुण न्यूरेले गर्नुभएको छ ।
देउसी भैलो कार्यक्रम तिहार अवधिभर चल्ने भएकोले सबै जनालाई उक्त कार्यक्रममा सहभागीता जनाउन आग्रह गरेको क्लबले जनाएको छ ।




