LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तिहारमा देउसीभैलो खेल्ने परम्परा नेपालको बर्षौदेखिको संस्कृति हो । किम्बदन्ती अनुसार बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन नेपाली समाजमा कायमै छ ।

यसैबीच रुपन्देहीको सैनामैनामा गठित राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ का युवाहरुले देउसी भैलो कार्यक्रमको सुरुवात गरेका छन् ।
भाषा, धर्म, कला र सांस्कृतिक परम्परा संरक्षण हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

देउसी भैलो कार्यक्रममा हराइरहेका मौलिक गित तथा नाचहरु सोरठी, पुराना देउसी भैलोका गितहरु नाचहरु प्रस्तुत गरिएको छ ।
साथै देउसी भैलो कार्यक्रमबाट उठेको रकम विभिन्न सामाजिक कार्य एवं रचनात्मक कार्यक्रममा खर्चिने क्लबले जनाएको छ ।

यहिं कार्तिक १५ गते अर्थात् बिहीबारदेखि सुरु भएको देउसी भैलो कार्यक्रमको सञ्चालन क्लबका सदस्य विष्णु ढकालले गर्नुभएको छ भने अध्यक्षता क्लवका अध्यक्ष अरुण न्यूरेले गर्नुभएको छ ।
देउसी भैलो कार्यक्रम तिहार अवधिभर चल्ने भएकोले सबै जनालाई उक्त कार्यक्रममा सहभागीता जनाउन आग्रह गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय