LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

काठमाण्डौ – काठमाण्डौ महानगरको प्रहरी बलले सजावटका लागि प्रयोग गरिएका प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा महानगरले रोक लगाइएको छ ।

नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटरमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टङ्केश्वरी क्षेत्रका ३२ वटा पसल सटरमा प्रहरी बलले अनुगमन गरेको छ ।

अनुगमनकै क्रममा यसअघि कोटेश्वरबाट आयातित विदेशी फूलका माला नियन्त्रणमा लिएको थियो । त्यस्तै पर्वलक्षित स्वदेशी फूल व्यापारका लागि महानगरपालिकाले तोकेका ठाउँमा उपभोक्ताको घुइँचो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय