LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पाल्पा, कात्तिक १७ गते । नेपाल संवत् ११४५ को अवसरमा जिल्लाको रामपुरमा शुभकामना र्‍याली निकालिएको छ । नेवाः देय दबू रामपुर नगर समितिले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा शनिबार र्‍याली निकालेर शुभकामना आदानप्रदान गरेको हो ।

रामपुर नगरपालिका–५, बेझाँड बजार चोकबाट सुरु भएको र्‍याली बेझाँड तल्लो चोक, सहकारी पथ, स्कुलरोड हुँदै पुन बेझाँड बजार चोकमा आएर सकिएको थियो । र्‍यालीपश्चात् नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको तस्विरमा माल्यार्पणसँगै शुभकामना आदानप्रदान गरिएको थियो । निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले शुभकामना व्यक्त गर्दै नेपाली समाजमा शंखधर साख्वाले दिनुभएको योगदान सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो ।

उहाँले आफ्नै देशको नामबाट सुरुवात भएको नेपाल संवतको आफ्नै महत्व रहेको उल्लेख गर्दै हाम्रो भाषा र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारका पूर्व सहसचिव भीमप्रसाद श्रेष्ठले नेपाल संवतलाई नेवा समुदायको लागि मात्र नभै सबैको साझा भाषाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तलाई समुदायमा रहेको कला र संस्कृतिसँग जोड्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले नेपालीको आफ्नै संवत नेपाल् संवतलाई हामी सबैले गौरवको रुपमा लिनुपर्ने बताउनुभयो । नेवाः देय दबू रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले समाज रामपुरका अध्यक्ष नेपाल संवतको महत्वबारे जानकारी दिन गत वर्षदेखि कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल भाषाको जगेर्ना गर्नका लागि प्रशिक्षकहरुलाई तालिम दिएर अब कक्षा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय