LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १६ गते ।

हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुँदैछ । तिहार लगत्तै हुने अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा दौडका चार विधामा प्रतिस्पर्धा हुने छ ।

नेपाल र चीनका खेलाडी सहभागी हुने यो प्रतियोगितामा टिम समूहमा ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने छन् । टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलका विजेता महिला र पुरुषले समान एक लाख ५२ हजार पाउनेछन् ।

 

विद्यार्थी तर्फको स्पर्धामा विजेताले ३० हजार जित्ने छन् । ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुन बाराहीघाट आएर सकिनेछ ।

प्रतियोगिताको तयारीका लागि शुक्रबार जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूसँग आयोजक संस्था र पोखरा महानगरपालिकाले छलफल गरेका छन् । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडीहरु जहाज चार्टर गरेर कुन्मिनबाट पोखरा आउने तय छ ।

प्रतियोगिताले पोखराको समग्र पर्यटन प्रवर्धनमा टेवा पुग्ने नगर प्रमुख धनराज आचार्य उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पोखरा नेपालको पर्यटन राजधानी सहर भएकाले पनि यसको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धनका लागि यस प्रकारका गतिविधिको विशेष अर्थ छ ।” पोखरामा यसका अलावा इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङ लगायतका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय