LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक १८,
काठमाण्डौ – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो ।

सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो ।

तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तबाहेक अरू ब्याटरले राम्रो गर्न सकेनन् । ऋषवले ६४ रन बनाए । कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । घरेलु टोली २९ दशमलव १ ओभरमै अलआउछ भयो ।

न्यूजिल्याण्डका एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय