LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भैरहवा,  ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९स्३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने छ ।

भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससँगै संयुक्त अरब इमिरेट्स ९युएई० को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । अब ८ नोभेम्बर ९२३ कात्तिक मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिनुभयो । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ ।

त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको सूचना अधिकारी भुलले जानकारी दिनुभयो । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन ।

यहाँका पर्यटन व्यवसायीले भने विगतमा जस्तै यात्रु अभावका कारण देखाउँदै विमान कम्पनीले उडान नगर्ने जोखिम अझै रहेको बताउँदै आएका छन् । विगतमा पनि जजिरासहित एअरलाइन्सले केही समय उडान गरे पनि यात्रु अभाव भएपछि एक महिनापछि उडान बन्द गरेका थिए । यहाँका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित अर्बौं लगानी होटल व्यवसायमा गरेका छन् । पर्यटन व्यवसायी सिपी श्रेष्ठले अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त नहुँदा विमानस्थललक्षित होटललगायत पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपियाँ लगानीका व्यवसाय जोखिम र सङ्कटमा परेको बताउनुभयो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटा का लुम्बिनी प्रदेश पूर्व अध्यक्ष सागर अधिकारीले तीन वटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय